आज बुधवार श्रावन ४ गते ५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपाली टिमका शारीरिक सुगथन विधाको ८० केजी तौल समुहको प्रतिस्पर्धामा नेपालका खेलाडी उमेश राईले रजत पदक जित्न सफल हुनु भएको छ । अत्यन्तै प्रतिस्प्रधात्मक रहेको उक्त प्रतियोगितामा थाइल्यान्डका पतैवात अलकावातले तृतिय स्थान तथा भारतका आस्विन सेट्ठीले स्वर्ण पदक जित हासिल गरेका थिए । २४ राष्ट्र सहभागी यस शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिप अन्तर्गत ८० केजी तौल समुहको प्रतिस्पर्धामा बिभिन्न राष्ट्रका ८ खेलाडीहरुले भाग लिएको ब्यहोरा ने शा सु सङ्घ का उपाध्यक्ष एबम टिमका ब्यवस्थापाक दिनेश राजभण्डारीले मल्दिभ्सबाट जानकारी गराउनु भयो । त्यस्तै १० राष्ट्र बिच प्रतिस्पर्धा भएको महिला एथलेटिक फिजिकमा नेपालका सुजिता मानन्धरले छ}7f} स्थान हाशिल गरेको थियो । यस अघी शारीरिक सुग7न विधा अन्तर्गत फिट्नेस फिजिकका प्रतिस्पर्धी राजु राई ले आफ्नो  170 cm height समूहमा तृतीय स्थान हासिल गरी सक्नु भएको थियो ।

आजै प्रतियोगिता उपरान्त एक कार्यक्रम आयोजना गरी नेपाल शरिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष्य श्री राजेश बाबु श्रेष्ठज्युले प्रतियोगितामा पदक जिती देश नाम उचा राख्न सफल खेलाडी द्वय उमेश राई र राजु राई लाई क्रमश: एक लाख पचास हजार र ७५ हजार प्रदान गरिने घोषणा गर्नु भयो ।

हिजो एशियन फेडरेसनले एक कार्यक्रम आयोजना गरी नेपालले २०२३ मा ५५औ एसियान शा सु प्रतियोगिता आयोजना गर्ने बारे नेपालको तर्फबाट सघका अध्यक्ष्य श्री राजेश बाबु श्रेष्ठज्यु र एशियन फेडरेसनका अध्यक्ष दातुक पउल चुवाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भई एक आपस मा आदान प्रदान गर्नुभयो ।

५४औ एसियान शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्यम्पियन्शिपमा नेपालका WBPF अन्तर्राष्ट्रिय निर्णायक श्री विजय लाल कयस्थ, नानी काजी डंगोल, लक्ष्मण भट्ट ले निर्णायक को भूमिका निभाउनु भएको थियो । प्रतियोगितामा भारतका एतीनदर सिंहले Mr. Asia को उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस !