केही समय अघि बढेको गमीैले काठमाडौ लगायत देशका अघिकांश ठाउँमा प्रभावित पारेको थियो तर हिजो मध्यान्हदेखि परेको पानी अझै केही समय पर्ने र यसले नदी को बहाव बढाउन सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गोदावरी, हनुमन्ते लगायतका नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ। खोलाको पानी बस्ती र सडकसम्म आउन सक्ने भन्दै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।