भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २१ अर्ब रुपैयाँ बढी बाहिरिएको हो।  नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमा सवा ३ खर्ब रुपैयाँ बाहिरिएको छ।

अघिल्लो आव २०७७/७८मा पेट्रोलिम पदार्थ आयात गर्दा नेपालबाट जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको थियो।

समीक्षा वर्षमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेल आयातमा बाहिरिएको छ। गत आवमा डिजेलको आयातमा मात्रै १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाएको छ। यस्तै पेट्रोल आयातमा ७१ अर्ब ३८ करोड रुपैयाँ, एलपी ग्यास आयातमा ६५ अर्ब ५५ करोड रुपैयाँ र हवाई इन्धन आयात १५ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ।

पेट्रोलियम पदार्थ आयात गर्दा नेपाल आयल निगमले राज्यलाई डिजेलमा ६४ अर्ब ७१ करोड रुपैयाँ, पेट्रोलमा ३९ अर्ब ४ करोड, एलपीजी ग्यासमा १२ अर्ब २२ करोड, हवाई इन्धनमाबाट ७६ करोड रुपैयाँ र मट्टीतेलमा २० करोड ७१ लाख रुपैयाँ राजश्व बुझाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस !