नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।  स्तरोन्नतिकार्य  अष्ट्रियाका  प्राविधिकहरुले गर्ने छन् ।

स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि  बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।

प्रतिक्रिया दिनुहोस !