सिर्जना खड्का,

 

अहिलेको समय भनेको सामाजिक सञ्जालको समय हो जहाँ फोटो हाल्न र भिडियो बनाउन मान्छे भ्याइ नभ्याई छन् यसै मौकाको फाइदा उठाएर सोही मागलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल,फेसबुक, टिकटकका लागि फोटो भिडियो खिच्नका लागि मात्र भनेर”द हाउस अफ सेल्फिज”ल्याइएको छ  जहाँ पैसा तिरेर फोटो र भिडियो खिच्न पाइन्छ । विशेषगरी, टिकटकमा अहिले “द हाउस अफ सेल्फिज” को चर्चा बढेको छ ।

काठमाडौंस्थित सिभिल मलको तेश्रो तल्लामा सुरुवात गरिएको तीन हजार स्कवायर फिटमा रहेको द हाउस अफ सेल्फिज मा २३ वटा विभिन्न थिम सहितका बुथहरु छन् । जहाँ
१. वाटरमेलोन सुगर,
२. लिगल थिम,
३.वेलकम टु जंगल,
४. विस यू वेयर हेयर,
५.पिङपोङ टेबल,
६. ल्याभेण्डर बुथ लगायतका थिमसहितका कोठाहरु रहेका छन् ।

“द हाउस अफ सेल्फिज”  मा आफूले चाहे अनुसारको फोटो, भिडियो र टिकटक खिच्न सकिने छ । हरेक बुथमा रिंग लाईट राखिएको छ । यसका साथै कपडा फेर्नकालागि चेन्जिङ रुम पनि बनाइएको छ । जसबाट हर को हिले फरक फरक पहिरनमा फरक फरक टिकटक वा इन्स्टाग्राम रिल पनि बनाउन सक्छन् । ग्राहकको सहजताकालागि कर्मचारीले नै सिकाउने र ग्राहककै मोबाइल वा क्यामेराबाट खिचिदिने पनि गर्ने गरेका छन् ।

धेरैलाई”द हाउस अफ सेल्फिजमहिलाका लागि मात्र उपयुक्त स्थान भन्ने लाग्न सक्दछ । तर यहाँ पुरुषहरुका लागि पनि विशेष व्यवस्था गरिएको छ । २३ वटा थिममध्ये बल पिट, पुल पार्टि, भोग म्यागेजिनलगायतका थिम पुरुषलाई सुहाउने थिम रहेका छन् । यसैगरी, जोडिकालागि पनि केहि थिमहरु निर्माण गरिएका छन् ।
यसबाहेक प्रि वेडिङ फोटोसुट, पोष्ट वेडिङ सुट, अन्य फोटोसुट र म्युजिक भिडियो लगायतका अन्य विज्ञापनको सुटिङ यहाँ गर्न सकिनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस !