बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ।

सरकारले शुक्रबार पेट्रोलमा ५१.७ प्रतिशत र डिजेलको मूल्य ४२.५ प्रतिशतले बढाएको थियो। यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पतर्फ हिँड्न थाले।

बंगलादेशमा प्रदर्शन यति भयंकर थियो कि धेरै सहरमा आगजनी र ढुंगा हानेका घटना भएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।

पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी बृद्धिले लाखौं जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन्।

 

शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिस पुगेका थिए। पेट्रोल पम्पमा ठूलठूला लाइन थिए र आतंकको वातावरण थियो।

यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस !