काठमाडौंको फोहोर बोकेर गएका २ सय भन्दा धेरै गाडी  सिसडोल पुगेर अड्किएका छन् ।

बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।

‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्‍याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं,’ प्रवक्ता मानन्धरले बताए ।

मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए । स्थानीयबासिन्दाले आज हिजोभन्दा ठूलो आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !