वीरेन्द्रनगर नगरपालिका र  नेपाल सरकार बीच भेरी लिफ्ट खानेपानी आयाेजना निर्माणका लागि आायाेजन  संचालन  सहभागीता सम्झौताआज  सम्पन्न भयाे । याे याेजनाले वीरेन्द्रनगरको खानेपानी समस्याको समाधान गर्ने छ । देशकै वृहत् खानेपानी आयाेजना अन्तरगत रहेकाे याे याेजना सम्पन्न गर्न सम्पूर्ण नगरवासिकाे सहयाेगकाे अपेक्षा रहनेछ । खानेपानी मन्त्रालय सचिव मणिराम गेलाल ज्यू र प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालय का सचिव देवराज निराैला काे राेहवरमा नगर प्रमुख माेहनमाया ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडी बीच सम्झाैता पत्रमा हस्ताक्षर भएकाे छ । साक्षिमा उपत्यका खानेपानी याेजनाका अध्यक्ष कुलमणी देवकोटा र वीरेन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !