नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ु’Together for a Healthy Lifestyle’ भन्ने नारासहित “एमबान स्र्पोट्स मिट २०२२” @)@@Æ -“MBAN Sports Meet 2022”) अन्र्तगत मिति २०७९ भाद्र १७ गते विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । सो स्र्पोट्स मिटको उद्घाटन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलको प्राङ्गगणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल ज्यूको प्रमुख अतिथ्यततामा नेपाल मर्चेन्ट बैँकर संघका अध्यक्ष मेख बहादुर थापा ज्यूले स्वागत गरी सम्पन्न भएको थियो । साथै सोहि उद्घाटन सत्रको बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपाल ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनाली ज्यू रहनुभएको थियो ।
यस स्र्पोट्स मिटमा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेकोछ । बिभिन्न खेलकुद प्रतियोगिताहरु अन्र्तगत मिति २०७९ भाद्र १७ गते टेबल टेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्र्पधाहरु सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्र्तगत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उपविजेतामा नागरिक लगानी कोष त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहेका थिए ।
सोहि दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्र्तगत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेता कुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए त्यसै गरी टेबल टेनिस भेट्रान अन्र्तगत भएका प्रतियोगिताहरुमा विजेता र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए ।
उक्त स्र्पोट्स मिट अन्र्तगत हुने फुटसलका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिम बिच प्रतिस्र्पधा भई सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीनेछ ।

प्रतिक्रिया दिनुहोस !