बिहान ९ बजेदेखि कम्पनीको थापाथली स्थित बिक्री केन्द्रबाट जिउँदो खसी, बोका र च्यांग्रा सहुलियत दरमा बिक्री सुरु गरिएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले जिउँदाे खसी र बाेकाकाे मासु प्रति किलाे ६ सय ८० जसमा १० रूपैया छुट  दिइएकाे छ । यसैगरी च्याङग्राकाे मासु प्रति किलाे १ हजार दुइ सय ६० ताेकिएकाे छ । यसमा पनि प्रति केजी १० रूपैया छुट दिइएकाे छ ।

यस पटककाे दशैंलाइ करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ।

प्रतिक्रिया दिनुहोस !