चाडपर्वको सिजन चलिरहेको छ। भर्खरै बडादसैँ सकिएको छ र तिहार को रौनकले बजार तातिएको छ र तिहारमा सामान किनमेल गर्ने को भिड बढेको छ
अहिले मानिसहरु किनमेलको मुडमा छन्।सामान विक्रिको नाममा व्यापारीहरुबाट सर्वसाधारण ठगिने प्रचलन बढेको छ यसपालि निर्यात व्यापारमा कमी आएको कारण सामानको भाउ असाध्यै बढेको छ जसले गर्दा सर्वसाधारणको बजेटमा पनि समस्या परेको छ ा यस्तो अवस्थामा चाडपर्वमा गरिने खर्चको उचित योजना आवश्यक छ।
खरिद गर्नुअघि सबै वेबसाइटहरुमा मूल्यहरु तुलना गर्न निश्चित गर्नुहोस्। जब तपाइँ केही खरिद गर्दै हुनुहुन्छ भने त्यो अनलाइन र अफलाइन दुवै तुलना गर्दा राम्रो हुनेछ। केही वस्तुहरुका लागि तपाइँले ई–कमर्स वेबसाइटमा राम्रो डिलहरु प्राप्त गर्न सक्नुहुन्छ। जब कि केहीका लागि तपाइँले स्थानीय पसलहरुबाट ठूलो छुट प्राप्त गर्न सक्नुहुन्छ। यस्ता डिल गर्नुअघि पहिला थोरै होमवर्क गर्न आवश्यक छ।