ग्यालेक्सी ए०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन्, “हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौं। यहि ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एम पी क्यामेराबाट क्याप्चर गर्दछ र यसको ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोकोसँग तपाईंलाई गुणस्तर कन्टेन्ट खपतको अनुभव प्रदान गर्दछ ।“

नयाँ ग्यालेक्सी ए०४ मा ५० एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ।

५००० एम ए एच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई फोनसँग थप समय दिन्छ।

यसकासाथै, ६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाजको पनि अनुभव पाइनेछ।

प्रतिक्रिया दिनुहोस !