हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ ।
रेडियो नेपालदेखि सुरु भएको आचार्यको पुरानो र नयाँ दुवै पुस्तामाझ क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ । यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो ।
आचार्यको करिअर चाहिं रेडियो नेपालदेखि सुरु भयो । २०३१ सालमा रेडियो नेपालबाट जागिर थालेका उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग सहकार्य गरे । २०३२ सालमा उनले राष्ट्रिय नाचघर ज्वाइन गरे ।
अभिनेता मदनकृष्ण श्रेष्ठसँग महजोडी नाममा उनको व्यावसायिक सहयात्रा उदाहरणीय मानिन्छ । श्रेष्ठसँग मिलेर हरिवंशले गाईजात्रा कार्यक्रम, सिरियल र फिल्ममा सहकार्य गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !