एनसेलले  आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूलेदैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन्। ग्राहकले कर सहितमात्र रु ४८ मा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् ।  त्यस्तैगरी भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र रु २६५ मा सुचारु गर्न सक्छन् । ग्राहकले स्ट्रिक्स१७११८एस्ट्रिक्स३ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र रु ९५ मा सुचारु गर्न सक्छन् । ग्राहकलेएस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस !