वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्न लागिएको हो। इच्छुक नेपाली पुस ८ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ।  जसअनुसार माघ १६ देखि माघ २७ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै फागुन ८ देखि फागुन १६ सम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ। सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा फागुन ३ देखि फागुत ५ गतेसम्म तथा दोस्रो चरणमा चैत १ देखि चैत ३ सम्म मिति तोकिएको छ।

इच्छुकले eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ। परीक्षा शुल्क २८ डलर तोकिएको छ।  १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस !