
सरकारले आज पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा देशभर सार्वजनिक बिदा दिइएकोले आज सेयर बजार पनि बन्द रहने भएको छ। सेयर बजार अब भोलि बिहीबार खुला हुनेछ। सत्ता गठबन्धन दल राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ मा सार्वजनिक बिदा दिने उल्लेख छ।
२०६२–६३ को जनआन्दोलनपछि पृथ्वी जयन्तीमा बिदा दिन छाडिएको थियो।