संघीय उड्डयन प्रशासनको कम्प्युटर प्रणालीमा केही गडबडीका कारण अमेरिकाको नेसनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण अमेरिकामा धेरै उडान ढिलाइ भएका फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार सिस्टम सुधार गर्न प्रयास भइरहेको छ। यो यस्तो प्रणाली हो, जसले पाइलटलाई आफ्नो मार्गमा कुनै पनि खतराको सम्भावनामा अलर्ट पठाउँछ। एफएएले भनेको छ, ‘देशको हवाई क्षेत्रभरि सञ्चालन प्रभावित भएको छ।’ एक विज्ञप्ति जारी गर्दै एफएएले भनेको छ, ‘केही अपरेसनहरु अनलाइन फिर्ता आउन थालेका छन् तर राष्ट्रिय एयरस्पेस प्रणालीको सञ्चालन सीमित छ।’–एजेन्सी

 

प्रतिक्रिया दिनुहोस !