आफ्नो इन्फिनिटी होल्डिङ्स प्राइभेट लिमिटेडको नाममा बिचौलिया भट्टले सन् २०२१ को जुन र जुलाईमा गरेका केही कारोबारलाई मात्र आधार मान्दा पनि उनी आफैँ शंकास्पद हुन् भन्न गाह्रो नहुने वित्तीय जानकारी इकाइ स्रोतले बताएको छ । भट्टको कार्यालय कमलपोखरी मोड,मार्कोपोलो बिजनेस होटल नजिकै सिध्दार्थ बैंकको मुख्य कार्यालयमा रहेको ओभर ड्राफ्ट खाताको लिमिटभन्दा धेरै गुणा रकम रहेको छ जसलाई ‘बैंकिङ नर्म्स’ भन्दा बाहिरको गतिविधि मानिन्छ ।
बैंकमा रहेको वित्तीय जानकारी इकाइमा प्राप्त गो एएमएल सफ्टवेयरमार्फत् बाहिरिएको उनको करोडौंको अस्वाभाविक कारोबारबारे बैंक सुपरीवेक्षण विभागबाट नियमित रुपमा खटिने स्थलगत र गैरस्थलगत निरीक्षण टोलीले बेवास्ता गरेको हो भन्ने कुरा छर्लङ्ग हुन्छ ा यसबारे बैंक सुपरीवेक्षण विभागका एक जना निर्देशकले बताए, ‘पहिले किन यस्तो भयो भन्नेबारे हामीले पनि भन्न सक्दैनौं । तर पछिल्लो समयमा हाम्रो विभागको निरीक्षण टोली सशक्त ढंगले खटेको छ ।’
भट्टले डेढ वर्षअघि सिध्दार्थ बैंकमा रहेको जगदम्बा स्टिल प्रा लिको खातामा ४५ करोड रुपैयाँ ट्रान्सफर गरेका थिए । उक्त रकम नेपाल इन्भेष्टमेण्ट बैंकस्थित भट्टको खाताबाट त्यहाँ सारिएको बताइन्छ । जबकि जगदम्बाले उक्त रकम सिध्दार्थ बैंकको खाताबाट खर्च गरे पनि आफ्नो कम्पनीको वासलातमा देखाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस !