पोखराको सेती खोँचमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको विमानकी को–पाइलट अन्जु खतिवडाले पनि ज्यान गुमाएकी छिन् अन्जुको पतिले पनि यसै एयरलाइनमा सोह्र वर्ष अघि ज्यान गुमाएका थिए ।
दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। विमानको पाइलट भने कमल केसी थिए।
विसं। २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना को–पाइलट पोखरेलको निधन भएको थियो।
पतिको मृत्युपछि अन्जुले पाइलट कोर्स पूरा गरिन् र उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस !