माघे संक्रान्तिको दिन तारकेश्वर गाउँपालिकामा गोरु जुधाउने परम्परा छ । यो परम्पराले पछिल्ला केही वर्षदेखि व्यापकता पाउँदै गएको छ ।
यस पटकको गोरु जुधाई हेर्न नेपाली काँग्रेसका प्रवक्तासहित एक जना प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष काठमाडौंबाट हेलिकोप्टरमा गएका थिए जहाँ पुग्न काठमाडौंबाट सडक यातायातबाट ढिलोमा पनि दुई घण्टामा पुगिन्छ ।
गाउँपालिकाले गोरू जुधाइको लागि मात्र भनेर छुट्याएको बजेट हो १० लाख तर त्यहि बजेटमा नेताहरु हेलिकप्टर चढ्ने खर्चसमेत व्यहोरिएको बताइएको छ । काँग्रेस प्रवक्ता तथा पूर्वमन्त्री डा। प्रकाशशरण महत,काँग्रेस बाग्मती प्रदेश सभामा संसदीय दलका नेता तथा नुवाकोट २ का प्रदेश सभा सदस्य बहादुरसिंह लामा र गाउँपालिका अध्यक्ष शिव अधिकारीले दुई घण्टाको मोटरबाटोमा महँगो हेलिकोप्टर प्रयोग गरेका हुन् तारूका काठमाडौंबाट गल्छी हुँदै जाँदा ६२ किलोमिटर दूरीमा छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस !