मध्याह्न १२ बजेदेखि इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको हो। केही समय नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध भएको थियो। अहिले मोबाइल सेवा भने सुचारु भएको छ।
इन्टरनेट र एसएमएस सेवा अवरद्ध भएपछि उपभोक्ता समस्यामा परेका छन्।
नेपाल टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ। कम्पनीले हालसम्म सेवा अवरुद्धको विषयमा कुनै जानकारी गराएको छैन।