चुनावमा बोलेको वचन जसरी पनि पुरा गरेरै छोड्ने अटोट धरानका मेयर हर्क साम्पाङ मतदाताको सुख दुःख बुझ्न र कुरा सुन्न घरमै भेट्न जाने भएका छन् राई अहिले जनश्रमदानमार्फत पानीको ब्यवस्थापनमा लागिपरेको देखिन्छ । आजै उनले आफ्नो आधिकारिक फेसबुक पेजमा मतदाताको घर आउने जानकारी दिएका छन् ।

उनले लेखेका छन् -“मलाई भेट्न अफिस आइरहनु पर्दैन । म आफै आउनेछु । तपाईंको घर आँगनमा प्राय: प्रत्येक दिन बेलुकी ४ बजे,आजको पालो धरान १ शिखर टोलको ।”

मेयर साम्पाङले आफ्नो सबै खाले गतिविधि फेसबुकमार्फत नै जानकारी दिने गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !