नयाँ दिल्लीबाट आएको एअर इण्डिया र मुम्बइबाट आएको बाक्लो हुस्सुका कारण एअर इण्डिया र भिस्तारा एअरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् ।

तर, यसबीचमा दुबई र दमामबाट आएका हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज र सारजाँहबाट आएको एअर अरेबियाको विमान भने अवतरण गरेका छन् । यसबीचमा दोहाबाट आएको नेपाल वायुसेवाको विमान काठमाडौंमा अवतरण गरेपनि मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको नेपाल वायुसेवाको विमान कलकत्ता फर्केर अवतरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !