भोजपुर जिल्लाको उत्तरी भेगमा रहेको षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृहजिल्ला भोजपुर जान लाग्नुभएको बताइएको छ ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासका अनुसार राष्ट्रपतिले न्यौपानेको स्थानीय वडा नम्बर १, मझुवामा रहेको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि साल्पासिलिछो गाउँपालिका–१ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्नुहुने बताइएको छ । भोलि नै राष्ट्रपति भण्डारीले षडानन्दको जन्मस्थलमा नवनिर्मित बालागुरुको सालिक अनावरण गर्नुहुने छ । कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने मेयर उदासले जानकारी बताए ।
राष्ट्रपतिको भ्रमण सफल पार्न पालिकावासीको उपस्थितिका लागि गाउँपालिकाले भोलि सार्वजनिक बिदाको भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !