टीबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने टुर्नामेन्टमा १६ कलेजका टिमबीच प्रतिस्पर्धा हुनेछ।ब्रिटिस कलेजका अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछ।

बास्केटबल टुर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ। त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फेब्रुअरी रहेको छ।

 

ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ। प्रतियोगितामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन्।

 

प्रतिक्रिया दिनुहोस !