दाङको घोराही उपमहानगरपालिका १७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।

आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !