नोकियाले झण्डै ६० वर्षपछि आफ्नो ब्रान्डको परिचय दिने लोगो परिवर्तन गर्ने भएको छ। आक्रामक व्यापार विस्तारको रणनीति बनाइरहेको नोकियाले नयाँ लोगोमा अघि बढ्ने जनाएको हो।सन् १९६६ देखि नोकियाको लोगोमा केही परिवर्तन भए पनि अहिले लोगो पूर्ण रुपमा परिवर्तन हुँदैछ। लोगो परिवर्तनसँगै कम्पनीले अब मोबाइल व्यवसायबाहेक नेटवर्क व्यवसायमा पनि ध्यान केन्द्रित गर्ने तयारी गरेको देखिन्छ।नोकियाको नयाँ लोगोमा नोकियालाई प्रतिनिधित्व गर्ने पाँचवटा आकारमा बनाइएको छ। नोकियाको लोगो सधैँ नीलो रङमा हुने भएपनि अब यसलाई पनि परिवर्तन गरिएको छ।

नोकियाले स्मार्टफोन मात्र नभई फाइभजी उपकरण पनि निर्माण गर्छ र यसका लागि अब नोकियाका दुई लोगो देखिनेछन्। एउटा लोगो विशेषगरी मोबाइल फोन सेग्मेन्टका लागि राखिएको छ। जब कि अर्को लोगो कम्पनीको अन्य व्यवसायहरुका लागि हो।

आफूहरूले सुधारका कामहरूलाई ध्यान दिइरहेको उनले बताएका छन्। अहिले मुख्यगरी अन्य टेलिकम कम्पनीहरूलाई उपकरणहरू बेच्ने काममा नोकियाले ध्यान दिइरहेको छ।

माइक्रोसफ्ट र एमेजन जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धी रुपमा अघि बढ्ने योजना बनाइरहेको नोकियाले अहिले आफ्नो लोगोमा गरेको परिमार्जनसँगै ब्यापारमा पनि थप काम गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस !