ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान ug{]  जानकारी सार्वजनिक गरेको छ। आइएमई पेमा  ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन्।

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्। ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मुल्यमा पाउन सक्नेछन्। टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।

 

प्रतिक्रिया दिनुहोस !