काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा  नेपाल महिला चेम्बरले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आईटीतर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद् भएको बताइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस !