
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० शुक्रबार ९चैत १७ गते०बाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको बोर्डले जनाएको छ। परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ।