अन्धाराजा र रानीको स्तम्भ भएको यो ठाउँ हो दमक ३ स्थित ढुङ्गेको । यहाँबाट केहि उत्तर जाँदा चुलाचुली गाउँपालिका पर्छ भने अलीक पश्चिम गयो भने मोरङको मिक्लाजुङ । तीन जील्लाको त्रीवेणी नै रहेको यो ठाउँका स्थानिय सरकारले एक पर्यटकिय गन्तव्य बनाउन कस्सिएको देखिन्छ ।

धार्मिक तथा ऐतिहासिक रुपमा यो ठाउँलाई प्रर्वधन गर्न यहाँका स्थानिय जनप्रतिनिधीहरु कस्सिएपछि स्थानियबासीहरु पनि उत्सहाहित भएका छन् ।

यो ठाउँमा आन्तरिक पर्यटकहरु भित्राउन तीनै तर्फबाट सडक स्तर उन्नतीको काम धमाधम भइरहेको ।

खुल्ला स्थान, हरियाली वातावरण भएका कारण शहर बजारका मानीसहरु समय व्यत्तित गर्न यहाँ आउने अनुमान गरिएको छ । यसो भएमा यहाका स्थनिय उत्पादनले मुल्य पाउन सक्ने अपेक्षा गरिएको छ भने रोजगार एवं स्वरोजगारको प्रवर्धन पनि हुन सक्ने अपेक्षा गरिएको छ ।

यस्ता कुरालाई मद्यनजर गरेर दमक नगरपालिका वडा नं ३ ले यहाँ रहेको राधाकृष्ण मन्दिर, सामुदायीक भवन र अन्धा राजा रानीको स्तम्भको संरक्षण गर्न घेराबारा गरिएको वडाध्यक्ष नबिन बराल बताउनु हुन्छ । यसकालागि यो आर्थीक वर्षमा धेराबारा र पाकघर निर्माण गर्न ९ लाख खर्च भएको पनि उहाँले बताउनु भयो ।

स्थानिय सरकार बनेपछि यो क्षेत्रको प्रवर्धन गर्न यहाँ विभिन्न कामहरु हुदै आएका छन् । दमकको उत्तरी क्षेत्रको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन यहाँ स्थानिय सरकारले प्रर्वधनात्मक काम पनि गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस !