अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको छ भने शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चालू खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ ।जबकि, गत वर्षको सोही अवधिमा सरकारी चालू खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो । यसअनुसार एक वर्षको अवधिमा चालू खाता घाटामा व्यापक सुधार आएको हो । यस्तै, अघिल्लो वर्ष अमेरिकी डलरमा सरकारको चालू खाता ३ अर्ब ८६ करोडले घाटामा छ थियो । चालू वर्षको ८ महिनाको अवधिमा भने अमेरिकी डलरमा चालू खाता ३४ करोड ५७ लाख घाटामा छ । यो समेत उल्लेख्य सुधार हो ।समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड कायम भएको छ । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोडमा थियो ।यसबोहक, ८ महिनाको अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो ।

 

प्रतिक्रिया दिनुहोस !