सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित कञ्चनपुरकी एक महिलाको आज बिहान मृत्यु भएको हो । उनलाई मुटुसम्बन्धि समस्या थियो ।

भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटु सम्बन्धी समस्या भएपछि ती महिलाको गत २४ चैत गते देखि सो अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !