उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीन आक्रमणकारी पक्राउ परेका छन् । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।

योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको बीबीसीले लेखेको छ ।

काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकार बनेर आएका थिए । तीन आक्रमणकारी पक्राउ परेका छन् । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।

योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको बीबीसीले लेखेको छ ।

 

घटनाको विवरण दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, “अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी मापदण्ड पूरा गर्न मेडिकल उपचारका लागि लगिएको थियो । त्यही क्रममा घटना भएको हो । अतीक र अशरफ कोल्भिनलाई अस्पताल ल्याइएको थियो । आक्रमण हुँदा मेडिकल चेकअपको लागि ।”

अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र असरफमाथि पत्रकार भनी आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरुको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।

घटनास्थलमा रहेका रमित शर्माका अनुसार पत्रकार अतीक र उनका भाइसँग कुरा गरिरहेका थिए । त्यही क्रममा पत्रकारको रूपमा देखाइएका हमलाकारीहरूले अचानक गोली चलाए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ ।

घटनापछि पूरै उत्तर प्रदेशमा धारा १४४ लगाइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उत्तर प्रदेश प्रहरीले पनि कडा सुरक्षा व्यवस्था गरेको छ ।

विधायक राजु पालको हत्याको आरोपमा जेलमा रहेका अतीक र उनका भाइ अशरफलाई सोधपुछका लागि प्रयागराज ल्याइएको थियो । सोधपुछ सकिएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

त्यसअघि, उनलाई उपचारका लागि लैजाँदै गर्दा अचानक तीनजना आक्रमणकारीले आक्रमण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !