धादिङको गणेशखोलामा रहेको पुलको मुखमा प्वाल परेपछि सोमबार दिउसो ४ बजेदेखि सडक अवरूद्ध भएको थियो।

बाटो मर्मतको काम गरिरहेको नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका आयोजना प्रमुख ईश्वर रिजालले भत्किएको ठाउँमा पाँच तह जाली बिछ्याएर सकिएको बताए।

‘जाली हाल्ने काम सम्पन्न भएको छ। अब माटो भर्ने काम भइरहेको छ,’ उनले भने ’अबको केही घन्टामा सडक संचालनमा ल्याउन सकिन्छ।’ भासिएको पुलमा नेपाली सेना नेपाल प्रहरी स्थानिय लगाएतको सहयोगमा जाली भर्ने काम भईरहेको छ।

रिजालका अनुसार यो समयमा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। काठमाडौं आउने सवारीले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन्।

तर उक्त वैकल्पिक बाटो हुदै ठूला बस र ट्रकहरू जान नसक्ने भएकाले ती सवारीहरु भने रोकिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !