
साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ। ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।केही दिनअघि उक्त बसहरुको प्राविधिक रुपमा ठिक रहेको भन्दै समितिले चलाउन स्वीकृति दिएको थियो। ती बसहरु साझाले पाटनढोका(रत्नपार्क( ज्ञानेश्वर( रातोपुल( गौशाला( चाबहिल( बौद्ध( जोरपाटी( दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ। भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।
यसका लागि साझाले दर्ता प्रक्रिया सुरु गरेको छ। दर्ता प्रक्रिया पुरा हुनेबितिकै ती थप बसहरु संचालनमा आउने छन्। अहिले साझाका ३ वटा विद्युतीय बसहरु एयरपोर्टको रुटमा संचालनमा छन्।
सोमबार थपेकासहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।