राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। संघीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्याक्रम पेस गर्नेछन्।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।
संघीय संसद् सचिवालयका अनुसार साँझ ६ बजे बस्ने अर्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी नीति तथा कार्यक्रमममाथि जेठ ७ गतेदेखि ९ गतेसम्म राष्ट्रियसभामा छलफल हुने छ । छलफलका क्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्री दाहालले जेठ ९ गते दिने कार्यक्रम छ।