प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ।

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि आज बिहान ११ बजे संसदको बैठक बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री दाहालले जबाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस !