डुम्रे बेंसीसहर चामे सडक योजनाले सडक र पुलको काम अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ। योजनाले शुक्रबार सूचना जारी गर्दै विभिन्न सडक र पुलको काम अलपत्र पार्ने दुई निर्माण कम्पनीसँग ठेक्का तोड्न लागिएको जनाएको हो।

सम्बद्ध कम्पनीलाई योजनाले ठेक्का नतोड्नुपर्ने कारण भए स्पष्टीकरण पेस गर्न माग गरेको छ। यसका लागि योजनाले निर्माण कम्पनीहरुलाई ७ दिनको समयसीमा तोकेको छ।

खान्चे खोला पुलको काम अलपत्र छोड्ने नाना दीक्षित जेभी, अन्य ३ वटा सडक खण्ड निर्माण गरिरहेको पीआर नाना जेभी छन्। पीआर नाना जेभीले अहिले कामै नगरी समय मात्र खेर फालिरहेको योजनाको भनाइ छ।

यी सबै योजनाहरुको लागत ३४ करोड रुपैयाँ छ।

यी निर्माण कम्पनीहरुलाई योजनाले पटकपटक ताकेता गर्दा समेत काम गर्न चासो नदेखाएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन बाध्य भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस !