अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ः०६ बजेट पोखरा विमानस्थलमा अवतरण गरेको छ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका १३० यात्रु लिएर जहाज आएको हो।
सोही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली प्रतिनिधिमण्डल पनि नेपाल फर्किएको छ। गत जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका थिए।