नगरकोटको होटलले सन् २०२१/२२ मा २५ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ। २०२०/२१ मा होटलले ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा १४ करोड ८० लाख र २०१८/१९ मा २२ करोड २० लाख रुपैयाँको कारोबार होटलले गरेको थियो।
सन् २०१७ जुलाई २८ मा ३३ रुमबाट व्यवसायिक सेवा सुरु गरेको होटल मिस्टिक माउन्टेनमा दुई ब्लक हाउजिङमा अहिले ७२ रुम छन्।
कुल २७.८४ रोपनीमा होटल फैलिएको छ। काठमाडौंबाट ३० किलोमिटरको दुरीमा रहेको होटलमा बालकृष्ण धोजुको एकल स्वामित्व छ। यो होटललाई पर्यटन विभागले चारतारे स्तरको मान्यता दिएको छ।
कम्पनीले ५६ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। इक्रा नेपालले ५२ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी र ३ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।