माल्दिभ्सको मालेको जारी १३ औ दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के.जी. तौल समूहको शारिरीक सुगठन प्रतियोगिताका स्वर्ण पदक जित्दै नेपालको झण्डा फहर।उन सफल भएका छन् । उक्त प्रतियोगितामा भारत दोस्रो, चौथो तथा पाचौ भएका थिए भने अफगानिस्तान तेस्रो भएको थियो । उक्त प्रतियोगिता २०८० असार २० देखि २४ सम्ममा आयोजना भएको हो ।
उपाध्यक्ष श्री वकिल तुलाधर उदासको नेतृन्वमा ३ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेका थिए । श्री दिनेश श्रेष्ठका नेपालको तर्फबाट अन्तराष्टिय निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
शनिबार २३ गते मि. दक्षिण एसियाली शारिरीक सुगठन प्रतियोगिताको उपाधि सहित प्रथम माल्भ्सि अन्तराष्टिय आमन्त्रण शारिरीक सुगठन प्रतियोगिता समेत सम्पन्न भएको छ । पहिलो पुरस्कार वापत नगद डलर ५ हजार , दोस्रो पुरस्कार नगद डलर ३ हजार तृतिय पुरस्कार नगद डलर २ हजार, चौथो पुरस्कार नगद डलर १ हजार तथा पाचौ पुरस्कार नगद ५०० प्राप्त गरेका थिए ।
स्मरण रहोस शारिरीक सुगठनका अन्तराष्टिय स्वर्ण पदक विजेता खेलाडि श्री ललित धितालले हालै काठमाडौमा असार ८ र ९ गते सम्पन्न ८ औं मि. हिमालय शारिरीक सुगठन प्रतियोगितामा ओभरअल विजेता भई ५ लाख २छ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस !