नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । १९ औँ वार्षिक साधारणसभा मार्फत २०८०–८१ का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

काठमाडौँमा सम्पन्न १९औँ वार्षिक साधारण सभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवर्द्धन गर्नेमा केन्द्रित हुने मञ्चले जनाएको छ।
मञ्चको कार्यकारिणी सदस्यहरूमा बिलासा श्रेष्ठ,सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ रहेका छन् ।यस्तै नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल पनि गठन गरिएका छ । काउन्सिलमा जोशीको नेतृत्वमा तत्कालीन पूर्व अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ र दोस्रो उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०-८१ का लागि आफ्नो योजना साझा गरिन् ।

प्रतिक्रिया दिनुहोस !