
मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। ९ एन-एएमभी कलसाइनको हेलिकोप्टर उडान गरेको १५ मिनेटमै सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
उनका अनुसार यो हेलिकोप्टरमा पाँचजना विदेशी यात्रु सवार थिए। हेलिकोप्टरको खोजी भइरहेको उनले बताए।