
महानगरबाट सञ्चालन हुने योजनाका लागि प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन लगायत काम गर्नका लागि चाहिने विज्ञहरुको सूची तयार गर्न लागेको महानगरअन्तर्गत वातावरण व्यवस्था विभागले जनाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै १९ विषयका विज्ञहरुलाई सूचीकृत हुन आह्वान गरेको छ ।
महानगरका अनुसार वातावण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, वातावारण कानुनविद्, मानवशास्त्री, समाजशास्त्री, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, वन्यजन्तु विज्ञ वा जैविक विविधता विज्ञ, पुरातत्व शास्त्री, अर्थशास्त्री, जनस्वास्थ्यविद्, भूगर्भ इन्जिनियर वा भूगर्भशास्त्री, आर्किटेक,स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर,उर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर,इलोक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर सूचीकृत हुन आह्वान भएको हो ।
विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार महानगरपालिकालाई आवश्यकता पर्दा सूचीकृत विज्ञहरुको सहयोग लिन सकिने भएकोले सूची तयार पार्न लागिएको हो ।
सूचीकृत हुने विज्ञहरुमा आफ्नो विषयसँग सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनुपर्नेछ । सूचीकृत विज्ञ मध्ये आयोजनाको कामका लागि छनोट भएका विज्ञहरुले काम गरेबापत महानगरपालिकाले आवश्यक सुविधा दिनेछ ।