आज बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको नेकपा माओवादी स्थायी कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केही कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्न लागिएको बताए । कमिटीहरुमा समावेशिताको सुनिश्चितताका लागि स्थायी कमिटीले विधान संशोधनको निर्णय गरेको उनले बताए ।

‘आज विधान संशोधन गरेर । कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन,’ उनले भने ।

आजै ११ बजेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस !