जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

प्रदेशको नामाकरणमा सम्वादमार्फत पहिचान पक्षधरको माग सम्बोधन गर्ने मुख्यमन्त्री उद्धव थापाले सार्वजनिक प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुन तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !