महिना दिनदेखि हुँदै आएको संघीय संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले सक्रियता बढाएका छन् ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै छन् ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डबिच छलफल तय गरिएको हो । सदन अवरोध भएपछि सभामुख घिमिरे र प्रधानमन्त्रीबिच यसअघि ५ पटक छलफल भइसकेको छ । तर, संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुख सफल हुन सकेका छैनन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म संसद्को अवरोध कायमै राख्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !