नेपाली कांग्रेसले आज र भोलि पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका नेता डा. राजाराम कार्कीको निधनमा भदौ ७ र ८ गते आधा झण्डा झुकाउने निर्णय बैठकले गरेको हो ।

त्यस्तै बैठकले शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !