
काठमाण्डौ महानगरपालिकले सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम काफ्लेलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो। यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था छ। काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। उनले आजै पदबहाली गरेका छन्।
सञ्चार रजिस्ट्रारले स्थानीय पत्रपत्रिका, एफएम रेडियो, केबल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नवीकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमलाई कुनै खास स्थान, अवधि वा १ वर्षसम्मको प्रेसपास जारी गर्ने काम गर्छ।
महानगरपालिकाको तथ्यांक र सूचना प्रविधि व्यवस्थापन, वेबसाइट, सामाजिक सञ्जाल, ई–मेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने सञ्चार रजिस्ट्रारका काम हुन्।